असोज ३०,
पाल्पा – पाल्पामा पौडी खेल्दा डुबेर एक बालकको ज्यान गएको छ । तानसेन नगरपालिका –२ नारायणस्थानमा रहेको पोखरीमा डुबेर तानसेन–६ टुुँडिखेल नजिकै बस्ने १२ वर्षीय सुजल पराजुलीको ज्यान गएको हो ।
आइतवार दिउँसो पोखरीमा डुबेका पराजुलीलाई प्रहरी र स्थानीयको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।