गुल्मी, ११ असोज ।
चौथो पुल्चोक कप २०८० को दोस्रो दिनको क्वाटरफाइनलका खेल सम्पन्न् भएका छन । जिल्लाको रेसुंगा नगरपालिका स्थिति चिदीचौरमा भैरहेको चौथो पुल्चोक कप २०८० को दोस्रो दिनका क्वाटरफाइनलका खेल अन्तर्गत भएको पहिलो खेलमा सिद्दाबाबा माध्यमिक विद्यालयले जितेको छ । पालुखा माध्यमिक विद्यालय र सिद्दाबाबा माध्यमिक विद्यालय विच भएको खेलमा सिद्दाबाबाले ३–० गोलले जित हात पार्न सफल भएको हो । क्वाटरफाइनलको दोस्रो खेलमा महेन्द्र माध्यमिक विद्यालय र ब्राईटन इङ्गलिस बोडिङ्ग बिच भएको खेलमा महेन्द्र माध्यमिक विद्यालयले जित हात पारेको छ । महेन्द्रले ब्राईटन इङ्गलिस बोडिङ्ग लाई ४–० गोल अन्तरले पराजित गरेको हो।
यस्तै क्याटरफाईनलको तेस्रो खेलमा अर्जुन बोडिङ्ग र रेसुंगा माध्यमिक विद्यालय विच खेल भएको थियो जसमा अर्जुन बोडिङ्ले रेसुंगा माध्यमिक विद्यालय लाई ३–० गोल अन्तरले पराजित गरेको थियो। क्वाटरफाइनल कै चौथो खेलमा आदर्श माध्यमिक विद्यालय र रिडर्स पब्लिक स्कुल बिच खेल भएको थियो जसमा रिडर्सले २–१ गोल अन्तरले जित हासिल गरेको थियो।
चौथो पुल्चोक कप यहीँ असोज १० गते देखि १३ गतेसम्म सञ्चालन हुने छ । शुक्रबार सेमिफाइनलका खेल सञ्चालन हुने भएका छन । सेमिफाइनलका पहिलो खेल अन्तर्गत महेन्द्र माध्यमिक विद्यालय र अर्जुन बोडिङ्ग बिच खेल हुने भएको छ भने दोस्रो खेल अन्तर्गत सिद्दाबाबा र रिडर्स बिच खेल हुने भएको छ। फाईनल खेल यहीँ असोज १३ गते शनिबार हुने भएको छ ।