spot_imgspot_img

चेक रिपब्लिकका नेपालीद्धारा गुल्मेलीहरुद्धारा अग्नीपीडितलाई जस्तापाता सहयोग

टोपलाल अर्याल

गुल्मी, ७ जेठ, गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरए चेक रिपब्लिक) चेक गणतन्त्रको संयोजनमा इस्माका अग्नीपीडिलाई जस्तापाता वितरण गरिएको छ । उक्त देशमा बस्ने नेपालीहरुले संकलन गरेको रकमबाट इस्मा गाउँपालिका २ र ४ का अग्नीपीडितलाई जस्तापाता सहयोग गरिएको हो ।

हस्तीचौरका अग्निपीडितको लागि १० बण्डल अर्थात ९० थान र दोहलीको लागि १४ बण्डल अर्थात एक सय २६ थान रङ्गिन हुलास (८ फुटे ३६ एमएम) जस्ता पाता राहत उपलब्ध गराएको सहयोगी गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरए चेक रिपब्लिक) चेक गणतन्त्रका उपाध्यक्ष दुर्गा प्रसाद अर्यालले जानकारी दिए ।

गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरए चेक रिपब्लिक) चेक गणतन्त्रका अध्यक्ष बैकुण्ठ रायमाझी, उपाध्यक्ष गिरिश कंडेल, सञ्जय अधिकारी, दुर्गा प्रसाद अर्याल, महासचिव सन्तु प्रसाद अर्याल र सुर्य सुवेदीसहितका नेपालीहरुको समन्वयमा सहयोग संकलन भएको थियो ।

संकलित सहयोगबाट मातृभूमिका अग्नीपीडितहरुको आवास पुर्निमाणका सहयोग गर्न पाएकोमा अध्यक्ष रायमाझीले खुसी व्यक्त गरे । अहिले अग्नीपीडितहरुको घर पुर्निमाणको काम सुरु भइसकेकाले सहयोगीहरुको सद्भावले आफुहरुलाई ठुलो राहत प्राप्त भएको जनप्रतिनिधीहरुले प्रतिक्रिया दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा