spot_imgspot_img

गुल्मीमा माविस्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने

गुल्मी, ०७ कात्तिक ।
गुल्मीमा माध्यमिक विद्यालयस्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । सदरमुकाम तम्घासमा रहेको फोर्टिन स्टार युवा क्लवको आयोजनामा यही मंसिर ११ देखि १५ गतेसम्म तम्घासको चिदिचौर खेल मैदानमा प्रतियोगिता संचालन हुने भएको हो ।

क्लवको १४ औँ बार्षिकोत्सवको अवसरमा संचालन हुने ‘चौथो फोर्टिन स्टार कप–२०८१’ मा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले मात्र सहभागिता गराउन सक्नेछन् । खेलमा प्रथम र द्धितिय हुनेलाई क्रमश ः ३५ हजार र २५ हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र उपलब्ध गराइने क्लवका अध्यक्ष नारयण आचार्यले जानकारी दिए ।

क्लवले आफ्नो बार्षिकोत्सवको अवसरमा विगतका बर्षहरुमा पनि फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । गत बर्ष अर्जै मावि प्रथम र महेन्द्र मावि द्धितिय भएका थिए । गत बर्ष १९ वटा विद्यालय प्रतियोगितामा सहभागि भएका थिए ।

गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले विद्यालयस्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको आचार्यले जानकारी दिए । यस पटकको प्रतियोगिताको लागि २० वटा भन्दा बढी विद्यालय सहभागि हुने अनुमान गरिएको क्लवले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा