spot_imgspot_img

उज्यालोको पाँचौ साधारण सभा सम्पन्न

गुल्मी, ०१ मंसिर । उज्यालो बहुउद्देश्य सहकारी संस्था लिमिटेड, तम्घास गुल्मीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार तम्घासमा सम्पन्न साधारण सभाको लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष हिरा एसीले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी विन्दु पन्थी मरासिनीले आर्थिक एवं कृष्ण बहादुर पाण्डेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले सहकारीहरुले कृषिलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।

कार्यक्रमकै अवसरमा सहकारी संस्थाका शेयर सदस्यका छोराछोरीबाट गत बर्ष उत्कृष्ट अकं ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । जसमा एसइईतर्फ देव बहादुर रायमाझीको छोरा दिवसन रायमाझी र प्लस टु तर्फ जिवानाथ भण्डारीको छोरा सुजन भण्डारीलाइ सम्मान गरिएको छ ।

त्यसैगरी मालारानी गाउँपालिका–२ घर भई हाल तम्घासमा शैलुन संचालन गर्दै आएका विष्णु नेपाली नियमित बचतकर्ता, रेसुङ्गा नगरपालिका –१ उदिनढुंगामा बेकरी उद्योग संचालन गर्दै आएका विष्णु महत पोखरेल उत्कृष्ट दैनिक बचतकर्ता, इस्मा गाउँपालिका–६ का कृषक कृष्णप्रसाद घिमिरे र इस्मा गाउँपालका वडा नम्बर ३ मा घाँस खेती गर्दै आएका गोकर्ण नेपाली उत्कृष्ट उद्यमीको रुपमा सम्मानित भएका छन् ।

रेसुङ्गा नगरपालिका –०८ मा मोबाइल पसल संचालन गर्दै आएका नारायण आचार्य र रेसुङ्गा नगरपालिका –१ मा किराना पसल संचालन गर्दै आएका लक्षमण अर्याल उत्कृष्ट ऋणीको रुपमा सम्मानित भएका छन् ।

कार्यक्रममा जिल्ला सहकारी संघकी सदस्य राधा पन्थी, लेकाली स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चनक बहादुर कुँवर, गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष नारायण जिसि, अमरकल्याण महिला तथा स्वाभलम्बन सहकारी सचिव जुना विक, उज्यालो सहकारीका सल्लाहकार समिति संयोजक दुर्गा पाण्डे, सह–संयोजक राजेन्द्र विक्रम कुँवर, पूर्व सचिव घनश्याम खरेल, पूर्व उपाध्यक्ष सूर्य घिमिरे, बार एशोसियसन गुल्मीका सहसचिव हिरा कुँवर लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष हिरा एसीको अध्यक्षता, प्रदेश सासंद डिल्लिराज भुसालको प्रमुख आतिथ्यता, उपाध्यक्ष टामलाल केसीको स्वागत मन्तव्य तथा सचिव भरत चन्दको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा