गुल्मी, ०५ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीलाई विभन्न ढंगबाट योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार पार्टीको तेस्रो गाउँ अधिवेशनको अवसरमा पार्टीले गाउँपालिकाका सातवटै वडाका १५ जनालाई सम्मान गरेको हो ।
वडा नम्बर १ बाट टिका बहादुर खत्री, तेज कुमारी थापा, राम बहादुर थापा र भुप बहादुर नेपालीलाई सम्मान गरिएको छ । त्यसैगरी वडा नम्बर २ पिपलधाराबाट ज्ञान बहादुर विक र नर बहादुर खनाल, वडा नम्बर ३ हाडहाडेबाट नन्दलाल रोका, वडा नम्बर ४ बाट विरेन्द्र कुँवर र पार्वता कुँवर, वडा नम्बर ५ बाट मनिराम भण्डारी र युवराज भण्डारी, वडा नम्बर ६ बाट विर बहादुर सुनार र नेत्र बहादुर बस्नेत तथा वडा नम्बर ७ बाट राम प्रसाद घिमिरे र ओम बहादुर सुनारलाई सम्मान गरिएको हो ।
उनीहरुलाई सम्मान पत्र, टिका एवं दोसल्लाले सम्मान गरिएको थियो । जनयुद्धको त्रममा घाइते, अपाङ्ग, बेपत्ता परिवार एवं माओवादी आन्दोनमा विभिन्न ढंगले सहयोग पु¥याएका व्यक्ति तथा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष एवं पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य भुपाल पोखरेलले बताए ।