spot_imgspot_img

जनहित कफी सहकारीका सेयर सदस्य शोभाखर पोखरेलको निधनमा शोक सभा सम्पन्न

बासुदेव पाेखरेल, गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोकमा रहेको जनहित कफी सहकारी संस्था लिमिटेडका सेयर सदस्य शोभा खर पोखरेलको निधनमा शोकसभा सम्पन्न भएको छ।

७७ वर्षीय पोखरेलको यही माघ ११ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारको क्रममा निधन भएको थियो। निधनको सातौं दिनको पुण्यतिथिमा सहकारी संस्थाले उनको निवासमै पुगेर शोकसभा आयोजना गरेको लेखा समिति सदस्य केशव पोखरेलले जानकारी दिनुभयो।

शोक सभामा एक मिनेट मौनधारण गरी दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, सहकारी संस्थाले शोक संतप्त परिवारलाई राजकोषमार्फत ५ हजार रुपैयाँ सहयोग गरेको पनि पोखरेलले बताउनुभयो।

शोक सभामा सहकारीका अध्यक्ष शिवलाल पोखरेल, उपाध्यक्ष पूर्णप्रसाद पोखरेल, सचिव विजय पोखरेल, व्यवस्थापक रुद्रमणि पोखरेल, लेखा समिति संयोजक उमाकान्त पोखरेल, ऋण परिचालन समिति सदस्य चिरंजीवी भण्डारी तथा अन्य सञ्चालक समिति सदस्यहरू र सेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा