spot_imgspot_img

प्रेस सेन्टर गुल्मीको अधिवेशन माघ २० गते हुने

बासुदेव पोखरेल

गुल्मी – प्रेस सेन्टर नेपाल, गुल्मी शाखाले माघ २० गते साधारण सभा तथा अधिवेशन गर्ने भएको छ। सेन्टरका सचिव हुमाकान्त पोखरेलका अनुसार अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। गुल्मीको पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन र पत्रकारहरूको हकहितका विषयमा छलफल गर्न अधिवेशन आयोजना गरिएको उनले बताए।

अधिवेशनमा प्रेस सेन्टरमा आवद्ध सबै पत्रकारहरुको सहभागिता रहनेछ भने अधिवेशनमा संगठनका भावी रणनीति र कार्ययोजनाबारे महत्वपूर्ण निर्णय गरिनेछ।

पत्रकारिताको पेशागत सुरक्षाका साथै प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारका मुद्दा, न्यूनतम पारिश्रमिक लगायतका विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ।

अधिवेशनका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको सचिव पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा