काठमाडौं, पुस ४ : गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नं.२ हाँडीखोला निवासी प्रकाश ठकुरीले आफ्नो साढे दुई वर्षको छोराको ज्यान बचाइदिन सहयोगको याचना गरेका छन् ।
एक्कासी वान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगंजको बाल विभागमा मृत्युसँग जुध्दै आइसियूमा उपचारार्थ छन् ।
भैरहवा मेडिकल कलेजमा चार दिन अचेत रहेका बालक शिक्षण अस्पतालमा पाँच दिन देखि अचेत छन् । घरको आर्थिक स्थिती दयनीय भएका प्रकाशले यतिखेर आफ्नो सन्तानको भिख मागिरहेका छन् ।
आफूसँग भएको र ऋण खोजेको सबै पैसा उपचारमा खर्च भएको भन्दै आफ्नो सन्तानको जिवन जिवित पारिदिन दानबीरसँग आग्रह पनि ठकुरीले गरेका छन् । अहिलेसम्म ६ लनखजति खर्च भएको र बाँक रकम नभएको उनले गुनासो गरे । स्वास रहँदासम्म आशा लागेको भन्दै सन्तानको माया बिर्सन नसकिने भन्दै आँखाभरी आँसु लिदै दाताको सहयोगलाई आफूले जिवनभर सम्झिने बताएका छन् ।
बालक अभिषेकको टाउकाको तीन प्रमुख नसामा रगत जमेको चिकित्सक बताउँछन् । शिक्षण अस्पताल ल्याउँदा भन्दा थोरै सुधार भएको बताइएको छ । शनिबार देखि पाइपको माध्यमबाट दाल खुवाइएको पनि ठकुरीले बताए ।
उनको जिवन रक्षार्थ सहयोग गर्न चाहाने दाताले अभिषेक ठकुरीकी फुपु कमला ठकुरीको नाममा एनआइसी एशिया बैंक बनेपामा रहेको खाता नम्बर ००७५७५०४४८०८६००१ मा जम्मा गर्न सकिने छ । फोनमा कुरा गर्न चाहाने दाताले कमला ठकुरीको ९८६१९१६८८८ वा प्रकाश ठकुरीको ९८४७००४७७२ मा सम्पर्क गर्न सकिने छ ।