पालिकास्तरीय भलिबल प्रतियोगिता ः पुरुष फाइनलमा सत्यवती र कालिगण्डकी भिड्ने

गुल्मी, १७ कात्तिक ।
जिल्ला भलिबल संघको आयोजनामा संचालन भइरहेको पालिकास्तरीय भलिबल प्रतियोगितामा आज शुक्रबार १४ समुहबीच सात खेल भएका छन् । जसमा एउटा समुह चरण, चारवटा क्वाटरफाइनल एव्ं दुईवटा सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । सबै खेल पुरुषतर्फका हुन् । समुह चरण्मा शुक्रबार बिहान धुर्कोट र रुरुक्षेत्रबीच भएको खेलमा धुर्कोट गाउँपालिका विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

क्वाटरफाइनलमा मालिका र सत्यवतीबीचको खेल सत्यवतीले जितेको छ । त्यसैगरी चन्द्रकोट र मदाने गाउँपालिकाबीचको खेलमा चन्द्रकोट, मुसिकोट र गुल्मीदरबारबीचको खेलमा मुसिकोट तथा धुर्कोट र कालिगण्डकीबीचको खेलमा कालिगण्डकी गाउँपालिकाले जित हाँसिल गरेको छ । आज भएका दुईवटा सेमिफाइनलतर्फ मुसिकोटलाई हराउदैँ सत्यवती र चन्द्रकोटलाई हराउदैँ कालिगण्डकी गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।

भोली अर्थात शनिबार फाइनलमा प्रथम र द्धितिय पुरस्कारका लागि सत्यवती र कालिगण्डकी गाउँपालिकाबीच खेल हुनेछ । त्यसैगरी तेस्रो र सान्त्वना पुरस्कारका लागि चन्द्रकोट र मुसिकोटबीच खेल हुने खेल संयोजक सन्तोष पुनले जानकारी दिए । भोली शनिबार पुरुष र महिलातर्फका सबै फाइनलसम्मका खेल सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई ७७ हजार ७७७, द्धितिय हुनेलाई ५५ हजार ५५५, तृतिय हुनेलाई ३३ हजार ३३३ र सान्त्वना हुनेलाई ११ हजार १११ प्रदान गरिने छ । महिला भलिबलतर्फ प्रथम हुनेलाई ३५ हजार, द्धितिय हुनेलाई २५ हजार, तृतिय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार प्रदान गरिनेछ । पुरुष र महिला दुवैतर्फ प्रथम र द्धितिय हुनेलाई कप, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने तृतिय र सान्त्वना हुनेलाई मेडल र प्रमाण पत्र प्रदान गरिने महासचिव आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा