मुसिकाेटका ७४ जनाको आँखाको शल्यक्रिया

टोपलाल अर्याल
गुल्मी, २३ बैशाख

गुल्मीको मुसिकोट नगरपालिका-७ वामीमा संचालन भएको निशुल्क आँखा उपचार शिबिरमा मोतियाबिन्दुको समस्या भएका ७४ जनाको शल्यक्रिया गरिएको छ । शिबिर  कृष्ण हरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्र वामी टक्सारको आयोजनामा बैशाख २१ र २२ गते संचालन भएको थियो ।

शिबिरमा २ सय ८२ जनाको आँखाको जाँच गरिएको नेपाल नेत्र ज्योति सघ आँखा उपचार केन्द्र गुल्मीका सूचना अधिकारी वीर बहादुर कार्कीले जानकारी दिए । शिबिरमा आँखा जाँच तथा शल्यक्रिया लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा अनुसन्धान केन्द्र भैरहवाको सह-प्रध्यापक डाक्टर लक्ष्मीदेवी मानन्धर र जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र गुल्मीको प्राविधिक टिमले गरेको कार्कीले बताए ।

शल्यक्रियाको लागि सहयोग डार्क फाउन्डेसनले गरेको थियो । शिबिरमा स्थानीय व्यवस्थापन कृष्णहरी रुद्रावती सापकोटा आँखा उपचार केन्द्र वामी र मुसिकोट नगरपालिकाले गरेको सूचना अधिकारी कार्कीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा