विक दम्पतीको पीडा भन्छन् ः ‘कम्मरबाट दिसा गराएर चार बर्षको बनायौँ’

टोपलाल अर्याल
गुल्मी, २७ वैशाख ।

सात बर्षीय आशिष विक । जसको जन्मजात मलद्धार थिएन् । आशिष रेसुंगा नगरपालिका–१४ का बाबुराम र कमला विश्वकर्माका छोरा हुन् । पहिलो सन्तानको जन्मले दम्पतीमा खुसीको सिमा रहेन् । तर, मलद्धार नभएको पत्तोपछि पीडा महसुस भयो । त्यस्तो अवस्थामा कसैले बाँच्ने कल्पना पनि गरेनन् । बुबा–आमाले पाल्पा मिसन अस्पताल पुराए । अस्पतालले कम्मरबाट दिसा गर्ने बनाए ।

दम्पतीले चार बर्षसम्म निकै सकसले हुर्काए । चार बर्षसम्म आशिष राम्रोसंग उठ्न सक्थेनन् । ‘एकछिन छोड्न मिलेन । दिसापिसाब स्याहार गरेरै चार बर्ष झेँले,’उनले भनिन,‘कोखबाट दिसाहुँदा चिसो भएर पटक–पटक बिराम पथ्र्यो ।’ घरको अवस्था राम्रो नभएपछि बिरामी छोरा र श्रीमती छोडेर बाबुराम भारत गए । तर, छोराको स्याहार र उपचारमा समस्या भएपछि एक बर्षमै फर्किएर घर आए । उनीहरुले बच्चाको पीडा बढ्दै गएपछि काठमाण्डौको कान्ति बाल अस्पतालमा तीन पटक पुराए । तर, उपचारको बिकल्प ननिस्कएपछि घर फर्किए । दुई बर्ष कतै उपचारमा लैजाने अवस्था परिवारले देखेन ।

कमला भन्छिन् ः अस्पतालमा देउता भेटेँ

आशिष गत कार्तिकमा चिसोले बिरामी परेपछि बाबुराम र कमलाले गुल्मी अस्पताल तम्घास ल्याए । बच्चाको अवस्थाको बारेमा अस्पातलमा गाइँगुइँ चल्यो । त्यहि बेला नेपाल रक्तदाता स्यंमसेवि समाज गुल्मीका अध्यक्ष धुव्र्र पाण्डेयले बच्चा देखे । कारुणीक अवस्था देखेपछि आफ्नो सर्कलमा पाण्डेयले कुरा गरेर सहयोग संकलन अभियान सुरु गरे । केहि रकम संकलन भएपछि करिव तीन महिनापछि गत फागुनमा आशिषलाई विक दम्पतीले काठमाण्डौ मोडल अस्पताल पुराए । अस्पतालले उपचार सुरु ग¥यो । उनीहरु पहिलो शल्यक्रिया सफल भएपछि २६ दिनमा घर फर्किए ।

बैशाख दोस्रो साता दोस्रो शल्यक्रिया पनि भएको छ । रक्तदाता समाजका अध्यक्ष पाण्डेयका अनुसार जिल्लामा आफु लगायतका समाजका पदाधिकारी र सदस्य, कारागारका कैदीबन्दी, महेन्द्र मावि, क्लव लगायतका संस्थाले आर्थिक सहयोग गरेका छन् । भने काठमाण्डौमा सामाजिक अभियान्ता केदार प्रसाद न्यौपाने र मेघा तिमल्सेनाले ठुलो आर्थिक सहयोग गरेर बच्चालाई अहिलेको अवस्थामा ल्याएको पाण्डेयले बताए ।

बच्चाको उपचारमा साढे चार लाख रुपैयाँ लागेपछि अस्पतालकै छुटको कारण करिव साढे तीन लाख खर्च गरिएको समाजले जनाएको छ । बच्चाको शल्यक्रिया अझै गर्न पर्ने अवस्था रहेको छ । समाजले गरेको सहयोग प्रति परिवार निकै खुसी रहेको छ । ‘कैयौ पटक अस्पताल पुगेर फर्कियौ । अहिले बल्ल बुझेँ पैसा नभएर उपचार नभएको रहेछ,’आमा कमलाले भनिन,‘गुल्मी अस्पतालमा पाण्डेय सरलाई देउताको रुपमा भेटेँ ।’

उनीहरु छोराको उपचार छिटो चाहान्छन् । तर, अब के गर्ने पैसाकै समस्या छ । अस्पतालले रकम जुटाएर छिटोभन्दा छिटो शल्यक्रिया गरे बच्चा सामान्य जीवनमा फर्कन सक्ने बताएकाले सवैसंग सहयोगको याचना गरिएको रक्तदाता समाजका संस्थापक अध्यक्ष नवराज मरासिनीले बताए । उनले आफुहरुको सानो सहयोगले बच्चाको अन्यौलग्रस्त जीवन फर्किएकोमा खुसी व्यक्त गर्दै यो समाजले रक्तदान मात्रै नगर्ने उदाहरण पनि रहेको बताए ।

महेन्द्र माविका प्रचार्य तथा समाजका सल्लाहकार कृष्ण मरासिनीले बच्चाको उपचारमा समेत आफुहरुले सहयोग गरेको बताउँदै उपचारपछि परिवारले बिद्यालयमा भर्ना गरे सवै खर्च व्यहोर्ने समेत प्रतिद्धता जनाए । सहयोगको लागि नाम आशिष विश्वकर्माको प्रभु बैंक तम्घास शाखामा रहेको खाता नं १०५०१३२१७९९०००११ रहेको छ । वा फोन नं ९८६७४९६९५७ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा