गुल्मी जिल्ला अदालतभित्रै श्रीमानले श्रीमती कुटे

२४ वैशाख  ः गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् । सोमबार दिउँसो गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका–०३ का हर्दिनेटाका दिपक श्रेष्ठले श्रीमती मनसुवा श्रेष्ठलाई निर्घात कुटपिट गरेका हुन् । उनीहरु दुवैजना सम्बन्ध विच्छेदको मुद्धाको पेशीको लागि जिल्ला अदालत आएका थिए ।

न्यायधिसले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो । तर न्यायधिकहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो । कुटपिटबाट गम्भीर घाइते मनसुवालाई थप उपचारको लागि प्रवास रिफर गरिएको छ भने श्रीमती पिट्ने श्रीमान दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अब उनलाई कुन मुद्धा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने पन्थीले बताउनुभयो । हर्दिनेटाका दिपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्रावेसीकी मनसुवाबीच छ बर्ष पहिले विवाह भएको थियो ।

श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक बर्षदेखि माइतीमै बस्दै आउनुभएको थियो । उनीहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा