छोराछोरीले अध्यापन गरेको विद्यालयलाई बीस हजार सहयोग

पुस -५ गुल्मी । गुल्मीको मालिका गाउँपालिका -८ दघास स्थित थानपती निमाविले दीर्घकालीन शिक्षण सुधारको लागि अहिले अभियान चलाईरहेको छ । माघ १५ गते सम्म चल्ने अभियानमा अहिले देश बिदेश बाट सहयोग रकम आइरहेको छ ।

यसैबीच मालिका गाउँपालिका -८ उपल्लो दघास निवासी नर बहादुर खत्रीले पनि विद्यालयलाई आर्थिक सहयोग गरेका छन । सामान्य कृषि र व्यापार व्यवसाय गर्दै आएका खत्रीले विद्यालयलाई २० हजार सहयोग गरेका हुन । आफ्नो कान्छो छोरा हेमन्त खत्री र रिमा खत्रीले कक्षा ६ देखि ८ सम्म त्यही विद्यालयमा पढे अहिले उनिहरु राम्रो ठाउँमा छन त्यही खुसिमा विद्यालयलाई सहयोग गरेको उनले बताए ।

साथै खत्री “थानपती निमावि कल्याणकारी कोष´´को २५ औं संस्थापक सदस्य बनेका छन् । ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।

अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए । विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।

साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर 01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा