spot_imgspot_img

धुर्कोट गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

बासुदेव पोखरेल, गुल्मी

गुल्मीको धुर्कोट गाउँपालिकाको आयोजनामा सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि धुर्कोट गाउँपालिका–४, जैसीथोकस्थित काला पोखरा खेल मैदानमा सुरु भएको छ।

प्रतियोगितामा धुर्कोट गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले एथलेटिक्स, भलिबल,का अन्य खेलकुद विधाहरूमा सहभागिता भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले बताउनु भयो ।

कार्यक्रमको उद्घाटन गर्दै धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले खेलकुदको महत्त्वबारे जोड दिँदै भन्नुभयो, `खेलकुद केवल शारीरिक गतिविधि मात्र नभई मानसिक र सामाजिक विकासको प्रमुख आधार हो। यसले अनुशासन, सहकार्य, र नेतृत्व क्षमताको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। गाउँपालिकाले खेलकुद प्रवर्द्धनका लागि स्रोत साधन, पूर्वाधार निर्माण, र नयाँ अवसर सिर्जना गर्न निरन्तर प्रयास गरिरहेको छ।´

त्यसैगरी, शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेले विद्यार्थी जीवनमा खेलकुदको योगदानबारे चर्चा गर्दै भन्नुभयो, “खेलकुदले व्यक्तित्व विकास, सहनशीलता, र लक्ष्यप्रति प्रतिबद्धता बढाउँछ। यसले विद्यार्थीलाई भविष्यका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले स्वागत मन्तव्य दिनुभएको थियो। साथै, उपाध्यक्ष सीता गिरी, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थीहरू, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

धुर्कोट गाउँपालिकाले हरेक वर्ष यस्ता प्रतियोगिताहरू सञ्चालन गर्दै विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहित गर्दै आएको छ। यस वर्षको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ। कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले गर्नुभएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा