spot_imgspot_img

अर्जेमा एमालेद्वारा सय बढी जेष्ठ नागरिक सम्मानित

टोपलाल अर्याल
गुल्मी, १२ माघ । नेकपा एमाले मालिका गाउँपालिका ६ नं वडाकमिटीको पार्टी कार्यालय भवन शिलन्यास तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले सचिव तथा सांसद गोकर्ण बिष्टले पार्टी कार्यालय भवनको शिलन्यास तथा जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए ।

नेकपा एमाले मालिका गाउँपालिका ६ नं वडाकमिटी अध्यक्ष पूर्ण बहादुर पराजुलीले पार्टी कार्यालय भवन निर्माणको लागि जग्गा उपलब्ध गराएका छन् । पार्टीका सांगठनिक गतिविधी व्यस्थित बनाउन पार्टी कार्यालय निर्माणले ठूलो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

साथै वडा कमिटीको आयोजनामा अर्जेका एक सय चार जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । बयोवृद्ध ९६ बर्षीया चन्द्रकला ठकुरीसहित ठुलो संख्यामा जेष्ठ नागरिकलाई खादामालाले सम्मान गरिएको वडाकमिटीले जनाएको छ । पुर्व मन्त्री समेत रहेका प्रमुख अतिथी बिष्टले जेष्ठ नागरिकलाई सम्मान गर्दै एमाले पार्टी सवै वर्ग र समुदायको पक्षमा रहेको बताए ।

उनले विकास निर्माणमा मात्रै नभएर आर्थिक, सामाजिक तथा साँस्कृतिक पक्षहरु समेत एमालेले सुक्ष्म ढैगले काम गरिरहेकाले नागरिकमा एमालेप्रतिको आशा र भरोसा धेरै भएको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिनेश पन्थी, गणेश खनाल, प्रदेश कमिटी सदस्य लिल बहादुर बिष्ट, केन्द्रिय सल्लाहार सदस्य शेर बहादुर केसी, प्रदेश सल्लाहकार सदस्य हिरा एसी, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष राजेन्द्र अर्याल, मालिका गाउँकमिटीका पूर्व अध्यक्ष ओम बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम वडा कमिटी अध्यक्ष पूर्ण बहादुर पराजुलीको अध्यक्षता, एमाले नेता शेर बहादुर नेपालीको स्वागत तथा मालिका गाउँकमिटी अध्यक्ष शोभाखर गिरीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा