spot_imgspot_img

रुरुक्षेत्रका किशोरीहरुको रक्तअल्पत्ता परीक्षण

हुमाकान्त पोखरेल
गुल्मी, २१ फागुन ः गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका किशोरीहरुको रक्तअल्पत्ता परीक्षण सुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक बर्ष २०८१÷८२ को बार्षिक कार्यक्रमअन्तरगत रक्तअल्पत्ता परीक्षण सुरु गरिएको हो । मंगलबारबाट सुरु गरिएको कार्यक्रममा दुई दिनसम्म एक सय ४७ जनाको परीक्षण गरिएको छ ।

जसमा २८ जनामा रक्तअल्पत्ता देखिएको स्वास्थ्य शाखा प्रमुख इन्द्रदेव पौडेलले जानकारी दिए । एक हप्तासम्म चल्ने कार्यक्रममा पालिकाका विद्यालयका छ देखि १२ सम्म अध्ययनरत किशोरीहरुको रक्तअल्पत्ताको परीक्षण गरिनेछ ।
पालिकाले सातसय किशोरीको परीक्षण गर्ने लक्ष्य लिएको छ ।

पालिकाको स्वास्थ्य टोलीले नमुना संकलन गरी तत्कालै रिपोर्ट दिने गरेको छ । यदि रक्तअल्पत्ता देखिएमा परामर्श दिर्ने काम पनि भइरहेको छ । अघिल्लो आर्थिक बर्षको तथ्याकंअनुसार लुम्बिनी प्रदेशमा ५२ प्रतिशतमा रक्तअल्पत्ता देखिएको थियो । रुरुक्षेत्रमा पनि रिडी मावि र जनबोध माविका किशोरीहरुलाई रक्तअल्पत्ता देखिएको थियो ।

‘किशोरीहरुको स्वास्थ्य र पोषणको स्थिति जाँच गर्न यो कार्यक्रम ल्याएका हौँ ।’ पालिका अध्यक्ष यदु ज्ञवालीले भने, ‘सबै नागरिकलाई स्वस्थ्य बनाउने हाम्रो अभियान हो ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा