spot_imgspot_img

इस्मा अमरपुरमा चैत २८ र २९ गते स्वास्थ्य शिविर हुने

गुल्मी,  ः गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ अमरपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । हिमा गौतम स्मृती कोषको आयोजनामा यही चैत २८ र २९ गते शिविर संचालन हुने आयोजकले बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी दिएको छ ।

ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिने उदेश्यले आयोजना गरिएको स्वास्थ्य शिविर काठामाडौंस्थित मेडिसिटी अस्पतालका मृगौला रोग विशेषज्ञ डाक्टर प्रकाश पौडेलको नेतृत्वमा सम्पन्न हुनेछ । जसमा मेडिसिटी अस्पताल काठमाडौंका बरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषी कुमार काफ्ले, जोन हप्किन्स अस्पताल, अमेरिकामा कार्यरत विशेषज्ञ डाक्टर समिचन्द्र गौतम, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर प्रतिमा गौतम, रुपा झा, हाडजोर्नी विशेषज्ञ डाक्टर यत्र खड्का लगायत मेडिकल अधिकृतहरुले सेवा दिनुहुनेछ ।

हीमा गौतम स्मृती कोषले विगतका बर्षहरुमा पनि स्वास्थ्य शिविरको आयोजना गरेको थियो । संयुक्त राष्ट्रसंघका पूर्व उप–महासचिव कुलचन्द्र गौतमको पहलमा उहाँकी स्व. आमा हीमा गौतमको स्मृतीमा ‘हीमा गौतम स्मृती कोष’को स्थापना भएको थियो ।

उक्त कोषले इस्माका विभिन्न ठाउँमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ । कोषका संस्थापक सुरेश गौतमले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै यो बर्ष पनि शिविरको आयोजना गरेको बताउनुभयो । शिविरमा ल्याब सहित औषधी समेत सबै सेवा निःशुल्क पाइने गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा