spot_imgspot_img

गुल्मीमा वडाध्यक्षद्धारा शिक्षक कुटिए

हुमाकान्त पोखरेल, गुल्मी
गुल्मी, १८ भदौ । गुल्मीमा वडाध्यक्षद्धारा शिक्षक कुटिएका छन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरका वडाध्यक्ष हिरा बहादुर कार्कीले देविस्थान माध्यमिक विद्यालयका विज्ञान शिक्षक यमलाल पन्थीलाई सोमबार कुटपिट गरेका हुन् । वडाध्यक्षबाट कुटिएका शिक्षकको आँखा र कान नजिकै चोट लागेको छ । शिक्षकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ ।

यस्तो छ कारण ः
पन्थीकी श्रीमती जानकी पाण्डेको सरुवाको बिषयलाई लिएर दुवै जनाबीच विवाद सिर्जना भएको बुझिएको छ । जानकी प्राथमिक तहकी स्थायी शिक्षक हुन् । उनी सोही वडाकै मैदानचौर प्राथमिक विद्यालयमा कार्यरत रहेकोमा वरारुख प्राथमिक विद्यालमा सरुवा गरिएको थियो । सोही क्रममा वडाध्यक्षलाई शिक्षकले श्रीमतीको सरुवा गरी घरपाई मिलाउन आग्रह गर्दा दुवै जनाबीच विवादको स्थिति सिर्जना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले दुवैजना जिम्मेवार र सार्वजनिक पद धारणा गरेका व्यक्तिहरु भएकोले घटना विद्यालयमै मिलाउन पहल भइरहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा