टोपलाल अर्याल, गुल्मी
१० पुस । भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड इस्मा गाउंपालिका–४ दोहली गुल्मीमा सात सय ७२ जना महिलाहरु आवद्ध भएका छन् । संस्थाको छैटौ बार्षिक साधारणसम्म संस्थामा सात सय ७२ जना महिला एकिकृत भएर लगानी गरेका छन् ।
भने आफुहरुबिचमा कर्जा प्रबाह गरेर अर्थोपार्जनको गत्तिलो आधार सहकारी बनाएका छन् । बुधबार संस्थाको छैटौ बार्षिक साधारणको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे । उनले गत बर्ष झुक्यानमा परेका कारण सहकारीको भवनको लागि बजेट व्यावस्थापन गर्न नसकेको बताउँदै आगामी दिनमा त्यस्तो नहुने प्रतिवद्धता जनाए ।
उनले महिलाहरुलेनै नेतृत्व गरेको सहकारीले छोटो समयमा गरेको प्रगती निकै लोभलाग्दो भएकाले सधै रचनात्मक कामको लागि आफुले सहयोग गर्ने बताए । उनले आफु प्रमुख आतिथी भएको सवै कार्यक्रम इस्मा गाउँपालिका नेतृत्वले सधै बहिष्कार गर्ने गरेको तर्फ केन्द्रित हुँदै त्यो चरित्रले केहि फरक नपर्ने बताए ।
‘सयौ दिदिबहिनीको कार्यक्रममा गाउँपालिका नेतृत्व सधै उपस्थित नहुने कस्तो बिडम्बना । अहिले मतदाता बुझने छन्, बहिष्कारले मलाई भन्दा उनलाईनै घाटा हो,’उनले भने,‘उनीहरु आगामी चुनावमा भोट माग्न कसरी घर–घर पुग्लान ।’ कार्यक्रममा इस्मा गाउँपालिकाका संस्थापक अध्यक्ष लक्ष्मण बिष्टले सहकारीको प्रगती देख्दा विगतमा संस्था स्थापना गर्न पाएको दुख बिर्साएको बताए ।
उनले बर्तमान गाउँपालिका नेतृत्वले नयाँ काम भन्दा पुराना काम रोक्ने र जनतामा भ्रमको खेती गरेको भन्दै खेद प्रकट गरे । ‘बिगतको कार्यपालिकाका गल्ती सच्याउँदै छौ भनेर सार्वजनिक कार्यक्रममा बोल्दै हिडेको सुनेको छु । भ्रम जनताले बुझेका छन्, पालिका गएर त्यसको प्रमाण खोज्छौ,’उनले भने,‘निशुल्क भर्ना शुल्क कटाएर, अपांग भत्ता रोकेर खुब गर्व गर्नेहरुले ठूलो मुल्य चुकाउन पर्नेछ ।’
कार्यक्रमा इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेत, वडा सदस्य रामु कार्की, पुर्व कार्यपालिका सदस्य कमला गौतम, खानेपानी बोर्डका उपाध्यक्ष बिष्णु गौतम, इस्मा कृषि तथा पशु विकास महिला सहकारी संस्थाकी अध्यक्ष बिमला थापा, सल्लाहकार मुना घर्ति लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै संस्थाको अध्यक्ष सीता अर्यालको बार्षिक प्रगती प्रतिवेदन र लेखा समिति संयोजक सीता घर्तिद्धारा प्रस्तुत संस्थाको लेखा प्रतिवेदन साधारण सभाले पारित गरेको छ । कार्यक्रम भविष्य निर्माण साना किसान कृषि सहकारी संस्था लिमिटेड इस्मा गाउँपालिका–४, दोहलीको अध्यक्ष सीता अर्यालको अध्यक्षता, उपाध्यक्ष हुमकला जिसीको स्वागत तथा संस्थाको प्रबन्धक गिता बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता सदस्यको रुपमा मनिला खड्का, उत्कृष्ट बाख्रापालक सदस्य मनी थापा र सीता बस्नेत, जेष्ठ बचतकर्ता सदस्य महलाल बस्नेत, उत्कृष्ट असल क्रृणी सोनु जिसी र प्रभा गुरुङ्ग तथा उत्कृष्ट भैसीपालक सदस्य चुमा अधिकारीलाई सहकारीले नगद र प्रमाणपत्रसहित सम्मान गरेको संस्थाको प्रबन्धक गिता बस्नेतले जानकारी दिइन् । यो संस्था किसानका लागि उन्नत बिउबिजन कार्यक्रम अन्तरगत इस्मामा ०७५ सालमा स्थापना भएको थियो ।
संस्थामा अहिले सात सय ७२ शेयर सदस्य रहेको बस्नेतले बताइन्् । अहिले संस्थाको शेयर पुँजी २७ लाख ७० हजार पुगेको छ । निक्षेप भित्र नौ प्रकारका बचत रहेका छन् । अहिले निक्षेप दुई करोड १० लाख ८० हजार पाच सय ६० रहेको सहकारीको अध्यक्ष सीता अर्यालले बताइन् । अहिले संस्थाले तिन करोड ४५ लाख ५८ हजार पाँच सय चार रुपैयाँ लगानी पु¥याएको अर्यालले जानकारी दिइन् ।