आइएम्ई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

गुल्मी, २० मंसिर ।
गुल्मीमा आइएम्ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेकाे छ । गुल्मी दरबार गाउँपालिका वडा नम्बर ५ निवासी रीता पन्थीकाे मृत्युमा कम्पनीले मृत्युुदाबी रकम भुक्तान गरेको हाे। निज पन्थी प्रस्तावक बनी उनले छाेरी सुप्रिया पन्थीकाे ०७८ चैत्र महिनामा एक लाख बीमाङ्ककाे बाल उज्जवल जीवन बीमा गराइदिएकी थिइन् ।

डेङ्गिको कारण गत भाद्र महिनामा निज प्रस्तावक पन्थिको मृत्यु भएकाे थियाे । मृत्यु पश्चात् आवश्यक प्रक्रिया पुर्याएर कागजात पेश भए अनुसार छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएकोमा एजेन्सी म्यानेजर बिष्णु कुमारी खत्रीले आई एम ई लाईफ इन्स्योरेन्स क लिमिटेड लाई धन्यवाद दिए ।
कार्यक्रममा प्रमुख अतिथी आई एम ई लाइफका एरिया प्रमुख खुमलाल अर्यालले जीवन बिमाको महत्त्व दिनानुदिन बढ्दै गएकाे बताए ।

कार्क्रममा गुल्मी शाखाका शाखा प्रमुख बिमल छन्तेलले पन्थिको असमाहिक निधनले कम्पनी परिवार स्तब्ध भएको बताउदै आगामी दिनमा पढाइ खर्च स्वरुप सुप्रीया पन्थिले मासिक १०००/-“एक हजारका दरले रकम प्राप्त हुने जानकारी दिए । बाकी किस्ता रकम छुट पाउने गरि बिमा समाप्तिमा बिमाङ्ग एक लाख र बाेनस रकम समेत प्राप्त गर्ने उनले प्रस्ट पारे |

कार्यक्रममा अमर अर्वाथोक स्वास्थ चौकि प्रमुख BSA staff नवीन पान्डे, स्थानिय शिक्षक , बुद्दिजिबी , समाजसेबी , कम्पनिका एजेन्सी प्रतिनिधिको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालन कम्पनिका एजेन्सी म्यानेजर बिष्णु कुमारी खत्री र ५ नम्बर वडा सचिब माया टन्डनकाे अध्यक्षतामा सम्पन्न भएकाे कम्पनीका कर्मचारी नवीन पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा