गुल्मी ।
राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोट गाउँपालिकाको सभापतिमा राजेन्द्र पोखरेल निर्वाचित भएका छन् । मंगलबार बर्बोटमा सम्पन्न रास्वपाको प्रथम गाउँपालिका अधिवेशनले पोखरेलको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।
समितिको उपसभापतिमा चन्द्र विक, सचिवमा नविन कुँवर तथा सह–सचिवमा सिर्जना भट्राई सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा मुना कुँवर, जनक पोखरेल, जगत जिसी, प्रकाश जिसी, मनिराम पराजुली, रामप्रसाद पराजुली र सिर्जना नेपाली निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पोखरेलले पार्टीको संरचना बलियो बनाउनुका साथै धुर्कोटलाई चिनाउने आफुको लक्ष्य रहेको बताए ।














