किशोरावस्थाका विद्यार्थीहरुलाई यौन प्रजनन स्वास्थ्यसम्बन्धि अभिमुखीकरण

गुल्मी, १५ जेठ । रेसुङ्गा नगरपालिकाले किशोरावस्थाका विद्यार्थीहरुलाई किशोर किशोरी यौन प्रजनन् स्वास्थ्य एवं आत्महत्या दुरुत्साहन बिरुद्धको कार्यक्रम संचालन गरेको छ । किशोर किशोरीहरुमा देखा पर्ने विभिन्न शारीरिक परिवर्तको व्यवस्थापनका लागि कार्यक्रम संचालन गरिएको हो ।

नगरपालिकाकी जनस्वास्थ्य अधिकृत सरस्वती शर्माले किशोर किशोरीहरुमा हुने शारीरिक परिवर्तनको बारेमा जानकारी दिएकी थिइन् । उनले विपरित लिङ्गिप्रतिको आकर्षण, किशोरीहरुमा हुने महिनावारी, स्तन बढ्नु, पुरुषमा हुने विर्यस्खलन, स्वप्नदोष, गलत साथिभाईको संगतले कुलतमा फस्ने सम्भावना र त्यसबाट जोगिने उपाय लगायतका बिषयमा जानकारी गराएकी थिइन् ।

त्यसैगरी नगरपालिकाकी मनोसामाजिक परामर्शकता मीना खत्री कुँवरले आत्महत्या दुरुत्साहनबिरुद्धको प्रशिक्षण दिएकी थिइन् । पछिल्लो समय माया–प्रेमको कारण धेरै किशोर किशोरीहरुले आत्महत्या गर्ने बताउदैँ उनले त्यसबाट सतर्क रहने उपायहरुको बारेमा पनि जानकारी गराएकी थिइन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले महिनावारी स्वच्छता दिवसको अवसर पारेर कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सदरमुकाम तम्घासका नौ वटा विद्यालयका विद्यार्थी सहभागि थिए । कार्यक्रमा कक्षा ७ देखि १२ कक्षासम्मका १२ देखि १९ बर्षसम्मका विद्यार्थी सहभागि भएको नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नगरप्रमुख खिलध्वज पन्थीले किशोर किशोरीहरुलाई आउने परिवर्तनको व्यवस्थापनको लागि स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरीमैत्री बनाइएको बताए । त्यस्तै उपमेयर अमृता देवी कुँवरले नगरपालिकाले किशोर किशोरीमैत्री नीति बनाई कार्यान्वयन गरेको बताइन् ।

पछिल्लो समय किशोर किशोरीहरु माया प्रेममा पर्ने, कुलतमा फस्ने, उनीहरुमा देखिने विभिन्न शारीरिक परिवर्तन लगायतका कारण समस्यामा पर्ने भएकोले त्यसको सहज व्यवस्थापनका लागि नगरपालिकाले प्रशिक्षणमुलक कार्यक्रमको आयोजना गरेको स्वास्थ्य शाखा प्रमुख घमले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा