स्वास्थ्यका सबै सूचकमा निरन्तरता दिदैँ गुल्मीदरबार

हुमाकान्त पोखरेल
गुल्मी, १५ जेठ । कुनै पनि कार्यक्रमको घोषणा हुने तर कार्यान्वयनले निरन्तरता नपाउने हाम्रो पुरानै हो । यो कुनै एक जिल्ला वा ठाउँ विशेष मात्र नभएर देशैभर नै छ । तर गुल्मीको गुल्मीदरबार गाउँपालिकाले भने स्वास्थ्य क्षेत्रका सबै सूचकमा निरन्तता दिदैँ आफुलाई उदाहरणीय पालिकाको रुपमा प्रस्तुत गरेको छ । जसले गर्दा गुल्मीदरबार गाउँपालिका स्वास्थ्य क्षेत्रमा अब्बल समेत बन्दै गएको छ ।

गुल्मीदरबारलाई नेपालमै पहिलो पटक २०८० सालमा ‘पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका’ घोषणा गरिएको थियो । घोषणा गरिएको कार्यक्रमलाई पालिकाले हालसम्म पनि निरन्तरता दिएको छ । पूर्ण पोषणमैत्री पालिकाको लागि १६ वटा मापदण्ड पुरा गर्नुपर्ने हुन्छ ।

सबै स्वास्थ्य संस्थामा पोषण कर्नर भएको, पोषणसम्बन्धि संदेशमुलक सूचना टाँस गरेको हुुनुपर्ने, स्वास्थ्य संस्थामा स्तनपान कक्ष हुनुपर्ने, पोषण प्रवद्र्धनसम्बन्धि अभिमुखीकरण हुनुपर्ने, गरेका कार्यक्रमहरुको अभिलेखिकरण हुनुपर्ने लगायतका मापदण्डलाई गुल्मीदरबारले निरन्तरता दिएको छ ।

कार्यक्रमको अनुगमन जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा रहेको जिल्लास्तरीय स्वास्थ्य समितिले गरेपछि मात्रै गाउँपालिकाले पूर्ण पोषणमैत्रीको प्रमाणपत्र प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख नारायण आर्यालले बताए । २०७९ सालमा लुम्बिनी प्रदेशमा पहिलो पटक बलिथुम स्वास्थ्य चौकी पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको थियो ।

गुल्मीदरबारले ‘पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था युक्त पालिका’ घोषणा भएको १३ बर्षसम्म पनि निरन्तता दिएको छ । २०७० सालमा तत्कालिन छ वटा गाविसमा रहेका स्वास्थ्य चौकीहरु पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएका थिए । राज्यको पुर्नसंरचनापछि बनेको स्थानीय सरकारले त्यसलाई निरन्तरता दिएको छ ।

यसको लागि पाँच बर्षसम्मका बालबालिकाहरुले आवश्यक मात्रामा सबै खोप प्राप्त गरेको र खोप प्राप्त नगरेको एकजना पनि नभेटिएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए । गाउँपालिकालाई गत बर्ष ‘पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका’ पनि घोषणा गरिएको थियो । जसलाई अहिले पनि पालिकाले निरन्तरता दिएको छ ।

विगत दुई बर्षको अवधिमा गुल्मीदरबारमा सबै महिलाहरु स्वास्थ्य संस्थामै प्रसुती भएका छन् । कार्यक्रमहरुलाई निरन्तरता दिएपछि गुल्मीदरबारले पालिकालाई ‘पूर्ण खोप’, ‘पूर्ण पोषणमैत्री’ र ‘पूर्ण संस्थागत प्रसुती सेवा’ सुनिश्चित भएको पालिका घोषणा गरेको अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए । तीनओटै कार्यक्रमको निरन्तरताका लागि पालिकाले बार्षिक करिब २० लाख खर्चने गरेको छ ।

जसमा ‘मेरी आमा, स्वस्थ्य आमा’, ‘प्रसुती सेवामा निःशुल्क एम्बुलेन्स’ लगायतका शिर्षकमा रकम बिनियोज गरेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यसम्बन्धि मापदण्डहरु पुरा गर्नको लागि गाउँपालिकामा दुईजना मेडिकल अधिकृतसहित एउटा आधारभूत अस्पताल, पाँचवटा स्वास्थ्य चौकी र एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छ ।

जसमध्ये तीन स्वास्थ्य चौकीमा प्रसुती सेवा एउटामा गर्भपत सेवा समेत रहेको छ भने आधारभूत अस्पतालमा प्रसुती, गर्भपतनसहितका सरकारले तोकेअनुसारका सेवाहरु रहेका छन् । स्वास्थ्य शाखा प्रमुख अर्यालले पालिकाले स्वास्थ्य स्थितिमा पहिलेभन्दा धेरै फरक आएको बताए ।

‘कुपोषण, मातृमृत्यु, नवशिशु मृत्यु पहिले बढी हुने गथ्र्यो ।’ अर्यालले भने, ‘अहिले त्यो संख्या शून्यमा झरेको छ ।’ पालिकाले स्वास्थ्य कार्यक्रमहरुलाई प्राथमिकता दिएकै कारण अहिले जन्मिएका बच्चाहरुको रोग प्रतिरोधात्मक क्षमता समेत बृद्धि भएको अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा