गुल्मेली चेलीको रुपन्देहीमा हत्या ः पाँच दिनसम्म पनि बुझेन परिवारले शव

हुमाकान्त पोखरेल, गुल्मी
३१ साउन ।
गुल्मेली चेलीको रुपन्देहीमा हत्या भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका ४ विरवास माइत भएकी ३६ बर्षिया पुष्पा टन्डनको हत्या गरिएको हो । उनको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ नयाँमिलमा भएको थियो । यही साउन २८ गते बिहान सालझण्डीस्थित फइयरलाईन जंगलमा हत्या गरी झुण्डाइएको अवस्थामा कार्कीको शव फेला परेको हो । घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग राख्दै परिवारले अहिलेसम्म पनि शव बुझेको छैन । कार्की परिवारले छिमेकी पुष्पा भुसाल र रञ्जित भुसालबिरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी प्रहरीमा दिएका थिए ।

मृत भेटिएको तीन दिनसम्म किटानी जाहेरी दिएका आरोपित पक्राउ नपरेको एवम् पोष्ट मार्टमको रिपोर्ट समयमै नआएकोले शव नबुझेको मृतकका दाई चिरन्जिवी टन्डनले बताए । घटनाको निष्पक्ष छानविनको माग गर्दै स्थानीयहरु सडकमा समेत उत्रिएका थिए । जनदबावपछि प्रहरीले मंगलबार साँझ आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी उपरीक्षक भरत विकले बताए ।

साउन २६ गते स्कुटर चढेर घरबाट हिडेकी पुष्पा २७ गते बिहान नौ बजेको समयमा जंगलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई अन्य ठाउँमा हत्या गरी रुखमा लगेर झुण्डाइएको पोष्ट मार्टमको रिपोर्टमा उल्लेख गरिएको छ । श्रीमतीको मृत्युको खबरपछि कोरियामा रहेका श्रीमान घर आएका छन् । उनका एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा