गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घासमा संचालन भएको ‘प्रथम खुकुरी क्रिकेट कप’को उपाधी रेसुङ्गा नगरपालिका –५ को जनसहयोग माध्यमिक विद्यालयले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा जनसहयोगले सिद्धबाबा माध्यमिक विद्यालयमाथि चार विकेटको जित हात पार्दै उपाधी जितेको हो ।
सुरुमा व्याटिङ गरेको सिद्धबाबाले निर्धारित १६ ओभरमा नौ विकेट गुमाएर ६१ रन बनाएको थियो । जवाफी व्याटिङमा आएको जनसहयोगले मात्र ८.१ ओभरमा छ विकेट गुमाएर ६२ बनाएको थियो । जितसँगै जनसहयोग माविले नगद २२ हजार दुई सय २२ प्राप्त गरेको छ ।
उपविजेता सिद्धबाबा माविले ११ हजार एक सय ११ रुपैँयामा चित्त बुझाएको छ । विजेता र उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र पनि प्रदान गरिएको क्लवका सचिव निशान टन्डनले जानकारी दिए । पौष १६ गतेबाट सुरु भएको खेलमा जिल्लाका १२ वटा विद्यालय सहभागि भएका थिए ।