चन्द्र भण्डारीले निर्वाचनमा खर्चिए २९ लाख

हुमाकान्त पोखरेल, गुल्मी
१९ मंसिर । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचित सासंद चन्द्रकान्त भण्डारीले मंसिर ४ गते सम्पन्न निर्वाचनको लागि २९ लाखभन्दा बढी रकम खर्च गरेका छन् । जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा बुझाएको विवरण अनुसार भण्डारीले निर्वाचनमा २९ लाख एक हजार पाँच सय रुपैँया खर्च गरेका हुन् ।

जसअन्तरगत सवारी साधनमा १५ लाख, मतदाता नामावलीमा १५ हजार, प्रचार–प्रसार सामग्रीमा चार लाख ५० हजार, ढुवानीमा एक लाख ५० हजार खर्च गरेको विवरण पेश गरेका छन् । त्यस्तै कार्यालय संचालन तथा प्रतिनिधि परिचालनमा दुई लाख, गोष्ठि एवम् अन्तरक्रियामा दुई लाख, छापा तथा विद्युतीय माध्यममा एक लाख र अन्य प्रचार–प्रसारमा तीन लाख खर्च भएको भण्डारीले बुझाएको खर्च विवरणमा उल्लेख गरिएको छ । भण्डारी नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् ।

हेरौँ भण्डारीले जिल्ला निर्वाचन कार्यालय, गुल्मीमा बुझाएको खर्च विवरण जस्ताको त्यस्तै ः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा