अन्तर्राष्ट्रिय नारी दिवस : गुल्मीमा दिप प्रज्वलन

गुल्मी, २५ फागुन ।
११४ अाैँ अन्तर्राष्ट्रिय नारी दिवसकाे अवसरमा गुल्मीमा दिप प्रज्वलन गरिएको छ । जिल्लामा क्रियाशिल राजनीतिक दलका महिला भातृ संगठनद्वारा शुक्रबार साँझ जिल्ला सदरमुकाम तम्घास स्थित लाकुरीमञ्चमा दिप प्रज्वलन गरिएको हाे । महिला अधिकारका हक अधिकार स्थापित गर्न र महिला आन्दोलनलाई शसक्त बनाउन दिप प्रज्वलन गरिएको अनेमसंघ (क्रान्तिकारी) जिल्ला समन्वय समिति संयाेजक गीता थापाले जानकारी दिइन् । कार्यक्रममा नेपाल महिला संघकी जिल्ला सभापति लक्ष्मी पाण्डे, अनेमसंघकी इन्चार्ज ललिता गाैतम लगायतकाे उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा