गुल्मी, ०८ माघ ।
नेपाल इङ्लिश ल्याङ्गवेज टिचर्स एसोसियसन (नेल्टा) गुल्मीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम नेल्टा गुल्मीका अध्यक्ष कृष्ण प्रसाद मरासिनीको अध्यक्षता, रेसुङ्गा नगर पालिकाका मेयर खिलध्वज पन्थीको प्रमुख आतिथ्यता, शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका इकाई प्रमुख लोकनाथ मरासिनी, रेसुङ्गा नगर पालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद ज्ञवाली र नेल्टा लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद बस्यालको विशेष आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रममा प्रमु अतिथि खिलध्वज पन्थी, विशेष अतिथिहरु लोकनाथ मरासिनी, विष्णु प्रसाद ज्ञवाली र गोपाल प्रसाद बस्यालले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खिलध्वज पन्थी र विशेष अतिथि लोकनाथ मरासिनीले गुल्मी जिल्लाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नेल्टा गुल्मीलाई आवश्यक सहयोग गर्न बचनवद्धता व्यक्त गर्नु भएको थियो । साधारण सभाले डोर विक्रम श्रीसको अध्यक्षतामा ११ सदस्यीय समिति समेत चयन गरेको छ । जसमा अध्यक्ष डोर विक्रम श्रीस, उपाध्यक्ष गणेश अधिकारी, सचिव रामहरि पाण्डे, सचिव टिका खड्का, कोषाध्यक्ष बालसिंह खत्री, र सदस्यहरुमा रोम विश्वकर्मा, यज्ञ प्रसाद गौतम, बासुदेव घिमिरे, पुजा ज्ञवाली, सरस्वती भण्डारी र निलम बञ्जाडे निर्विरोध निर्वाचित हुनु भएको थियो । डोर विक्रम श्रीसको स्वागत मन्तव्य रहेको कार्यक्रम रामहरि पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।