spot_imgspot_img

जनसहयोग पूर्व विद्यार्थी मञ्चले सरस्वती मन्दिर निर्माण गर्ने

गुल्मी, १० फागुन ।
रेसुङ्गा नगरपालिका वडा नम्बर ५ भुवनपानीमा रहेको जनसहयोग माध्यमिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले विद्यालयमा सरस्वती मन्दिर निर्माण गर्ने भएका छन् । पूर्व विद्यार्थीहरुको संस्था ‘जनसहयोग पूर्व विद्यार्थी मञ्च’ ले विद्यालय प्राङ्गणमा ज्ञानकी देवीको रुपमा लिइएकी सरस्वतीको मन्दिर निर्माण गर्ने भएको हो । छ लाखभन्दा बढी लागतमा बन्न हुन लागेको मन्दिर निर्माणको आर्थिक स्रोत भने संस्थाले नै व्यवस्थापन गर्नेछ ।

विद्यालयमा अध्ययन गरी हाल विभिन्न पेशा–व्यवसायमा आवद्ध व्यक्तिहरुबाट आर्थिक संकलन गरी मन्दिर निर्माण गर्ने योजना रहेको पूर्व विद्यार्थी मञ्चका उपाध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । आर्थिक संकलनका लागि केही दिन पहिले काठमाडौमा मञ्चको भेला समेत भएको थियो । अब अर्को भेलाबाट निर्माण समिति बनाएर लगत्तै काम सुरु गर्ने र असार मसान्तसम्म निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको उपाध्यक्ष पौडेलको भनाई छ । मन्दिर निर्माणको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले शिलन्यास गरिसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा