spot_imgspot_img

भनभनेमा नि:शुल्क स्वास्थ्य शिविर हुने

गुल्मी, जेठ ०२ । गुल्मीको मदाने गाउँपालिका -७ भनभनेमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ । भनभने गुल्मी सम्पर्क समाज रूपन्देही र मदाने गाउँपालिका वडा नम्बर ७ काे आयाेजनामा शिविर हुन लागेकाे हाे । शिविरमा सामान्य स्वास्थ्य परीक्षण, ल्या परीक्षण, सुगर, हाडजोर्नी, नशा तथा बाथराेग लगायतका राेगकाे नि:शुल्क परीक्षण एवम् आैषधी वितरण हुने समाजका सदस्य नारायण पन्थीले जानकारी दिए । शिविरमा जनरल फिजियन डा.सुशील पाेख्रेल र हाडजोर्नी विशेषज्ञ डा. कपिलमणी केसी लगायतकाे समूह उपचारको लागि भनभने आउनेछ । भनभनेकाे वडा कार्यालयमा बिहान ८ देखि साँझ ५ बजेसम्म शिविर संचालन हुने पन्थीले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा