spot_imgspot_img

संघिय बजेट पाउनेमा धुर्कोट गाउँपालिका अहिले पनि अगाडी

प्रेम सुनार
गुल्मी जेठ १६ । आर्थिक बर्ष २०८० / ०८१ का लागि विभिन्न शिर्षकको अनुदान बजेट मध्ये गुल्मीका १० वटा गाउँपालिहरुमा धुर्कोट अहिले पनि बढी बजेट पाउने गाउँपालिकामा परेको छ । सोमबार अर्थ मन्त्री प्रकाशशरण मह्स्तले प्रस्तुत गरेकोबजेट मध्ये स्थानियतहलाइ छुट्टाइएको बजेट बिवरण हेर्दा धुर्कोट बढी बजेट पाउनेमा परेको हो ।

। कार्य सम्पादन मुल्यांकनमा हरेक बर्ष अगाडि रहदै आएको त्यसपालिका गत आर्थिक बर्षमा पनि अगाडि भइ ४० करोड २६ लाख अनुदान बजेट परेको छ । त्यसपालिका पछि दोश्रो ठूलो बजेट सत्यवती गाउँपालिकामा ४० करोड ३ लाख परेकोछ ।
गाउँपालिकाहरुमा सबै भ्स्न्दा कम फेरि पनि इस्मा गाउँपालिका मै परेको छ । उसलाई जम्मा ३२ करोड ४ लाख बजेट पाएको हो । गत आर्थिक बर्षमा पनि संघबाट कम बजेट परेको गुनासो इस्मा गाउँपालिका प्रमुख भ्स्गतसिन्ह खड्काले गरेका थिए ।

दुई नगरपालिका मध्ये मुसिकोट नगरपालिका अगाडी छ । उसले ४७ करोड ५६ लाख बजेट पाउँदा सदरमुकामको रेसुङ्गा नगरपालिकाले भने मुसिकोट झन्डै ८ करोड कमि अर्थात ३९ करोड ६५ लाख बजेट पाएकोछ ।

त्यस्तै रुरुक्षेत्रले ३६ करोड ३६ लाख, छत्रकोटले ३९ करोड ३८ लाख , गुल्मीदरवारले ३२ करोड २१ लाख, मदानेले ३३ करोड ६३ लाख र मालिकाले ३८ करोड ४२ लाख विभिन्न शीशिर्षकको अनुदान र सशर्त बजेट पाएको छ ।

कार्य सम्पादन मुल्यांकनका अलवा जनसंख्याका आधारमा पनि स्थानिय तहमा बजेट बिनियोजन हुने धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा