spot_imgspot_img

रेडक्रसको स्थापना दिवसमा धुर्कोटमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बासुदेव पोखरेल
गुल्मी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवसको अवसरमा धुर्कोट गाउँपालिकामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रेडक्रस सोसाइटी वस्तु उप शाखाको आयोजनामा ‘मानव सेवामा जुनियर तथा युवाको भुमिका’ बिषयमा गाउँपालिकाको वडा नम्बर २ स्थित गणेश माध्यमिक विद्यालयमा प्रतियोगिता सम्पन्न भएको हो । मंगलबार सम्पन्न प्रतियोगितामा गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालय सहभागि भएका थिए । जसमा गणेश माविका विवेक जिसी प्रथम, इन्दिरा माविका राजेश विक द्धितिय, वाग्ला माविका सञ्चिता भण्डारी तृतिय र हिमालय माविका आयुश सापकोटा सान्तवना भएका छन् ।

प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी गाउँपालिका उपाध्यक्ष सीता गिरीले नगद र प्रमाण पत्रले सम्मान गरिन् । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला उपशाखा वस्तुका सभापति लालमणी भण्डारीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष गिरीको प्रमुख आतिथ्यता, विद्यार्थी विविसा खड्काको स्वागत मन्तव्य एवम् शिक्षक रेमलाल खनालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा पिपलधाराका वडाध्यक्ष बाबुराम खड्का, रेडक्रस सोसाइटी गुल्मीका मन्त्री लालबहादुर कुँवर, रेडक्रस वस्तुका सचिव देवेन्द्र भण्डारी, विभिन्न जनप्रतिनिधि, पत्रकार, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा