गुल्मीमा १५ वर्षिया बालिकाको विभत्स हत्या

हुमाकान्त पाेखरेल, गुल्मी
गुल्मीमा अन्दाजी १५ बर्षिया बालिकाकाे बीभत्स हत्या गरिएकाे अवस्थामा शव फेला परेको छ । जिल्लाकाे चन्द्रकाेट गाउँपालिका -०४ शान्तिपुर निवासी बाटुली रूचालकी छाेरी मनिषा रूचालकाे हत्या गरेकाे अवस्थामा शव फेला परेकाे हाे ।

मनिषा हिज बिहीबार ११ बजे शान्तिपुरकै खेतमा धान काट्ने खेतालाई सुर्ति लिन भनी बजार गएकी थिइन् । तर शुक्रबार शान्तिपुरकै पुरानाे बजारदेखि उदय मावि जाने पुलकाे तलपट्टी खाेलाकाे बीच भागमा शव फेला परेकाे वडाध्यक्ष बल बहादुर बस्नेतले जानकारी दिए । आज बिहान उज्यालाे हुँदा स्थानीय हिड्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मनिषालाई बलात्कार गरि हत्या गरिएको आशंका गरिएपनि पुष्टि भने भएको छैन । उनी साेही ठाउँकै उदय माविमा कक्षा नाै मा पढ्ने विध्यार्थी हुन् । घटनाकाे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट इन्स्पेक्टरकाे नेतृत्वमा प्रहरी टाेली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा