spot_imgspot_img

शिक्षकले बनाईदिए भुकम्प पीडित, शहिद परिवार तथा एकल महिलाको अस्थायी आवास

अनिल नेपाली, ६ मसिर । अखिल नेपाल शिक्षक संगठनले भेरी नगरपालिका २ तिमिले जाजरकोट निवासी शहिद प्रताप ओलीको पत्नी भुकम्प पीडित एकल महिला गौमति ओलीको बस्ने अस्थायी आवास निर्माण गरेको छ । संगठनका राष्ट्रिय समितिका उप– महासचिव (अर्थ )लक्ष्मण ओली को नेतृत्वमा संगठनका राष्ट्रिय समिति सदस्य एवम् जाजरकोट जिल्ला अध्यक्ष रुद्र बहादुर ओली , बारा जिल्लामा कार्यरत शिक्षक शेर बहादुर खड्का ,स्थानीय युवा तिलक ओली, राम बहादुर ओली, डिल्ली ओली,मोहनलाल खत्री, जितेन्द्र ओली, दल बहादुर ओली लगाएतको टिमको सक्रिय सहभागीतामा उक्त आवास निर्माण गरिएको हो।

जाजरकोट केन्द्र बिन्दु भयर २०८० कार्तिक १७ गते आएको बिनासकारी भुकम्पका कारण बाहिर हेर्दा ठिकै देखिएतापनि भित्र हेर्दा बस्न लाएक घर नभएपछि गौमति ओली बास बस्नको लागि सधै अर्काको अस्थायी आवासमा जानुपर्ने बाध्यता थियो । उहाँको पति प्रताप ओली राजनीतिक परिवर्तन अर्थात जनयुद्धमा शहीद हुनुभयो भने दुइ छोरी बिहे गरी जेठि छोरी कालिकोट र कान्छि छोरि रुकुम बिहे गरे पश्चात उहा एक्लै हुनुहुन्छ ।

उहाँ रुदै भन्नुहुन्छ ” युद्धकालमा धेरै दुख भोगे श्रीमान गुमाए तर देशमा परिवर्तन आयो तर हाम्रो अवस्था फेरिएन , यो बुढेसकालमा एक्लो अवस्थामा पनि कसैले सुनेन तपाईंहरु शिक्षकले अस्थायी रुपमा भएपनि बस्नलाई घर बनाइदिनुभयो । यसमा धेरै खुसि छु । सरकारले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएकोमा धन्यवाद !” अस्थायी आवास निर्माण पश्चात संगठका अर्थ उप – महासचिव लक्ष्मण ओलीले भुकम्प पीडित तथा सहिद पत्नी गौमति ओलीलाइ उक्त आवास हस्तान्तरण गरेका थिए

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा