spot_imgspot_img

धुर्कोट क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा

हुमाकान्त पाेखरेल, गुल्मी ।

गुल्मीको धुर्कोट गाउँपालिका–०५ वस्तुमा रहेको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसमा निःशुल्क कम्युटर शिक्षा संचालन हुने भएको छ । क्याम्पसको संचालक समिति बैठकले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क कम्युटर शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । हाल क्याम्पसमा कुल नौ वटा कम्युटर रहेका छन् । आगामी पौष ७ गतेबाट बिहान १० बजेदेखि ११ः३० सम्म निःशुल्क कम्युटर शिक्षा संचालन हुने क्याम्पसका उप–प्रध्यापक नरेश भण्डारीले जानकारी दिए । क्याम्पसको आन्तरिक स्रोतबाट कम्युटर शिक्षाको शुल्कलाई व्यवस्थापन गरिने भण्डारीले बताए ।

परमानन्द क्याम्पसले कम्युटर मात्रै होइन, अध्ययन शुल्क पनि कम गराएको छ । जिल्लाका अधिकाशं क्याम्पसहरुमा मासिक शुल्क नै एक हजारसम्म छ । तर परमानन्द क्याम्पसमा विद्यार्थीले एक पटक दुई हजार पाँच सय तिरेपछि चारबर्षे स्नातक अध्ययन गर्न पाउने क्याम्पस प्रमुख ऋषिराम पाण्डेले बताए । अहिले क्याम्पसमा कुल तीन सय विद्यार्थी रहेका छन् । गुल्मी, अर्घाखाँची, पाल्पा, बुटबल लगायतका विद्यार्थी क्याम्पसमा भर्ना भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा