spot_imgspot_img

फरक क्षमता भएका विध्यार्थीहरूलाई शैक्षिक सामग्री र चुलो

गुल्मी, १४ फागुन ।
गुल्मीमा फरक क्षमता भएका विध्यार्थीहरूलाई शैक्षिक सामग्री र चुलो प्रदान गरिएको छ । जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेलको स्मृति दिवसको अवसरमा अनेरास्ववियु (क्रान्तिकारी) गुल्मी र प्रेस सेन्टर गुल्मीले रेसुङ्गा नगरपालिका –९ स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई चुलो र शैक्षिक सामग्री प्रदान गरेको हो ।

माओवादी केन्द्रनिकट दुई संगठनले विध्यालयका ३० जना अपांगता एवं बहिरा विध्यार्थीहरूलाई १५ दर्जन कापि, पेन्सिल, कलम र एक थान चुलो वितरण गरेका हुन् । ०५२ साल फागुन १ गतेदेखि तत्कालिन माओवादीले सुरू गरेको जनयुद्धको क्रममा फागुन १४ गते गोरखाका दिल बहादुर रम्तेलले ज्यान गुमाएका थिए । उनैको स्मृतिमा माओवादीले प्रत्येक बर्ष फागुन १४ गते दिल बहादुर रम्तेल स्मृति दिवस मनाउने गर्दछ ।

ज्यान गुमाएका रम्तेललाई माओवादीले तत्कालै जनयुद्धका प्रथम सहिद भनी घोषणा गरेको थियो । उपल्लो तम्घास माविमा आवासीय विध्यार्थीहरूको लागि पकाउन सहज होस् भनेर चुलो र अध्ययनको लागि शैक्षिक सामग्री प्रदान गरिएको अखिल क्रान्तिकारी गुल्मीका इन्चार्ज भरत चन्दले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य वीर बहादुर कार्कीले शैक्षिक सामग्री प्रदान गर्ने संगठनलाई धन्यवाद दिदैँ माओवादीले देशमा ल्याएको परिवर्तनबारे प्रकाश पारेका थिए । त्यसैगरी विध्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लालमणी आचार्य र प्रधानाध्यापक मधुप्रसाद गौतमले विध्यायमा सहयोग गर्ने दुवै संगठनलाई धन्यवाद दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य गीता थापा, लुम्बिनी परिषद् सदस्य घनश्याम पाण्डे, दलित मुक्ती मोर्चा गुल्मीका अध्यक्ष राजु विक, नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरकमिटी उपाध्यक्ष पदम खत्री, लगायत नेकपा माओवादी केन्द्र, प्रेस सेन्टर, अखिल (क्रान्तिकारी) लगायतका विभिन्न कमिटीमा आवद्ध पदाधिकारी एवं सदस्यहरु, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

गत बर्ष अनेरास्ववियु क्रान्तिकारीले दिल बहादुरको स्मृति दिवसमा गुल्मी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको थियो । कार्यक्रम प्रेस सेन्टर गुल्मीका अध्यक्ष तिलाचन पाण्डेको अध्यक्षता, अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष राजन पोखरेलको स्वागत मन्तव्य एवं प्रेस सेन्टर गुल्मीका सचिव हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा