spot_imgspot_img

हिमालय आधारभूत विद्यालयको नजिता प्रकाशन कार्यक्रम सम्पन्न

बासुदेव पोखरेल
गुल्मी, २९ चैत । धुर्कोट गाउँपालिका वडा नम्बर ५ स्थित हिमालय आधारभूत विद्यालयको नजिता प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चालु शैक्षिक सत्रमा सबै कक्षामा उत्कृष्ट अकं ल्याउने विद्यार्थीहरुलाई पुरस्कार पनि प्रदान गरिएको छ ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु कुँवरको अध्यक्षता, वडा नम्बर ५ का वडाध्यक्ष केशवराज भण्डारीको प्रमुख आतिथ्यता, शिक्षक चुरामणी घर्तीको स्वागत मन्तव्य एवं शिक्षक सीता खत्रीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सबै पदाधिकारीहरु, अभिभावक, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकै अवसर पारेर विद्यालयका पूर्व प्रधानाध्यापक स्व. टिकाराम पन्थीको स्मृतिमा उनका छोरा दिवाकर पन्थीले बुवाको स्मृतिमा विद्यालयमा एक लाखको अक्षयकोष स्थापना गरेका छन् । साथै उनले यो शैक्षिक सत्रमा कक्षा ५ सम्म सबैभन्दा बढी अंक ल्याउने एक÷एक जना छात्र, छात्रालाई नगद पाँच÷पाँच हजारले समेत पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र केसीले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा