प्रतिभा आचार्य
सुन्दथे कुनै घटनाको पछाडि कुनै कारण हुन्छ
रहेछ आफ्नै पतनको पछाडि आफ्नै कारण हुन्छ।
म हरेक आँखाको दृष्टि सत्य मान्दै थिएँ यहाँ।
के थाहा त्यो सुन्दर नयनको पछाडि सैतान हुन्छ।
तिमी त आफ्नै भनेर पछाडि लागिरहेछौ
उसको छोडिदिउँ लात्ती फर्किन्छ उल्टै तिम्रै अपमान हुन्छ।
मजबुरीको फाइदा कतिसम्म उठाउँछन्
ध्यान गर है जिद्दीलाई जे गर्छन् उल्टै निशाना तिम्रो गर्धन हुन्छ।
जबसम्म घुसखोरी लुटतन्त्रबाट उठ्न सक्दैन देश
तबसम्म कहाँ सिंगापुर कहाँ अमेरिका समान हुन्छ
सुन्दथे कुनै घटनाको पछाडि कुनै कारण हुन्छ
रहेछ आफ्नै पतनको पछाडि आफ्नै कारण हुन्छ।