spot_imgspot_img

रूपन्देहीमा छत्रकाेटबासीलाई नि:शुल्क रगत

हुमाकान्त पाेखरेल, गुल्मी
०१ भदाै । रूपन्देहीका विभिन्न स्वास्थ्य संस्थामा गुल्मीको छत्रकाेट गाउँपालिकाका नागरिकलाई नि:शुल्क रगत उपलब्ध हुने भएको छ । शुक्रबार रेडक्रस साेसाइटी अन्तरगत रहेकाे रक्त संचार केन्द्र, रुपन्देही र छत्रकाेट गाउँपालिकाबीच रूपन्देहीका सरकारी एवम् निजी स्वास्थ्य संस्थाहरूमा उपचार गर्नेले रगत निःशुल्क उपलब्ध गराउने सम्झौता भएकाे छ ।

सम्झाैतापत्रमा गाउँपालिकाको तर्फवाट अध्यक्ष रामप्रसाद पाण्डेय र संयोजक प्रेम बहादुर सुनार एवम् नेपाल रेडक्रस सोसाइटीको तर्फवाट सभापति दिपक क्षेत्री न्यौपाने र इन्चार्ज राधा ज्ञवालीले हस्ताक्षर गरेका छन् । उक्त सेवा लिनकाे लागि छत्रकाेटबासीले आफ्नो परिचय खुल्नेगरी कागजपत्र पेश गर्नुपर्नेछ ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले यस सम्झाैताले डायलासिस गर्ने बिरामीलाई धेरै राहत मिल्ने बताए । अहिलेसम्मकाे तथ्यांक हेर्दा बार्षिक दुई लाख लागत लाग्ने अनुमान गरिएको अध्यक्ष पाण्डेकाे भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा