अर्घाखाँची, ०८ असौज ।
अर्घाखाँचीको सूर्यथुमस्थित सरस्वती माध्यमिक विद्यालयले दुई वटा शनिबार पठन–पाठन गर्ने भएको छ । विद्यालयले असौज १३ गते र असौज २७ गते शनिबार पठन–पाठन संचालन गर्ने भएको हो । शिक्षक महासंघको आह्वानमा यही असौज ४ र ५ गते विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि काठमाडौ गएका थिए ।
त्यसैको क्षतिपूर्तिस्वरुप विद्यालयले दुईवटा शनिबार पठन–पाठन गर्ने प्रध्यानाध्यपक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । उनले सोमबार एक सूचना जारी गर्दै पठन–पाठन संचालन हुनेसम्बन्धि जानकारी गराएका हुन् । असौज ४ र ५ गते देशैभरका सामुदायिक विद्यालय बन्द भएका थिए ।