spot_imgspot_img

प्रभु महालक्ष्मीद्धारा मृत्युदाबी रकम भुक्तानी

गुल्मी, २८ फागुन ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड गुल्मी शाखाले मृत्युदाबी बापतको रकम भुक्तानी गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा बीमा गरेका गुल्मीको चन्द्रकोट गाउँपालिका –३ का रोप बहादुर खत्री रोजगारीका लागि बहराइन गएका थिए ।

उनको बहराइनमै निधन भएको थियो । त्यसैबापत शनिबार कम्पनीले निजकै घरमा श्रीमती मायादेवी खत्रीलाई १४ लाख रुपैँयाको चेक हस्तान्तरण गरेको हो । ११ महिना अगाडी बहराइन पुगेको खत्रीको गत मंसिर १४ गते निधन भएको थियो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष युवराज केसीले सबै नागरिक अनिवार्य बीमाको पहुँचमा हुनुपर्ने बताए । कार्यक्रममा वडाध्यक्ष डिल्लिराज सुवेदी, इन्स्योरेन्सका गुल्मी शाखा प्रमुख श्रीराम महत, अपरेटर राजेन्द्र गाहा, एजेन्सी म्यानेजर विष्णु महत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा