spot_imgspot_img

गुल्मीमा पहिलोपटक विद्युतीय सवारी संचालनमा

गुल्मी, २२ चैत । गुल्मीमा पहिलोपटक विद्युतीय सवारी संचालनमा आएका छन् । मैत्री यातायात प्रा.लि.ले बिहीबारबाट गुल्मी सदरमुकाम तम्घासदेखि जिल्ला र जिल्ला भन्दा बाहिरका विभिन्न स्थानका लागि व्यवसायिक सेवा सुरु गरेको हो । प्रालिले बिहीबार एक औपचारिक कार्यक्रमका बीच यातायात सेवा सुरु गरेको हो ।

प्रालिले १४ सिट क्षमताका १० वटा गाडी संचालनमा ल्याएको हो । एउटा सवारीको मुल्य ५६ लाख ५० हजार रहेको कम्पनीले जनाएको छ । यसरी मैत्री यातायातले सात करोड ९१ लाख विद्युतीय सवारीमा लगानी गरेको छ ।

विद्युतीय गाडीमा तम्घासदेखि बुटबलसम्मको भाडादर पाँच सय ६५ रुपैँया कायम गरिएको छ । जुन अन्य यातायातको तुलनामा २० देखि २५ प्रतिशत कम रहेको मैत्री यातायातका अध्यक्ष शंकर प्रसाद गौतमले जानकारी दिए । गाडीमा निःशुल्क इन्टरनेट, एसी सेवा, सिसि क्यामरा, जिपिएस् प्रणाली जडान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पुर्कोटबाट तम्घास हुदैँ बुटबल एवं सुनौलीसम्मको रुट प्रमिट लिएको छ । सवारीलाई चार्ज गर्नको लागि तम्घासमा चार्जिङ स्टेशन राखिएको छ ।

जसबाट जिल्लाका साथसाथै अन्य जिल्लाका विद्युतीय सवारी गुल्मी आएमा चार्जिङको सुविधा प्राप्त गर्ने प्रालिका सदस्य काँशीराम पाण्डेले जानकारी दिए । यात्रुलाई सुलभ दरमा यात्रा गराउने, यात्राको क्रममा हुने मुल्यबृद्धिमा कमी ल्याउने, मैत्री सहकारीमा रहेको तरलतालाई सदुपयोग गर्ने एवं रोजगारी सिर्जना गर्ने उदेश्यले विद्युतीय सवारी संचालनमा ल्याइएको कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख दोर्ण खत्रीले पछिल्लो समय युवाहरुमा वितृष्णा बढ्दै गइरहेका बेला केही युवाहरुले गरेको लगानी सकारात्मक रहेको बताए ।

उनले मैत्री यातायात प्रालिको यस कार्यले रोजगारी सिर्जनामा टेवा पुग्ने बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, नेकपा एमालेका अध्यक्ष बालसिहं काउछा, जिल्ला समन्वय समिति सदस्य एवं माओवादी केन्द्रका नेता विर बहादुर कार्की लगायत विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, व्यवसायी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम मैत्री यातायात प्रालिका अध्यक्ष शंकर प्रसाद गौतमको अध्यक्षता, सदस्य ओम कार्कीको स्वागत मन्तव्य तथा सदस्य हरी प्रसाद पोखरेलको गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा