spot_imgspot_img

माटोको ढिस्कोले पुरिदा गुल्मीमा एक जनाको मृत्यु

गुल्मी, २२ वैशाख । गुल्मीमा घर लिप्ने माटोको ढिस्कोले पुरिदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१४ पराल्मीकी ५५ बर्षिया विष्णु रानाको मृत्यु भएको हो ।

राना शनिबार दिउँसो ३ः३० मा घर लिप्ने माटो लिन पराल्मीकै चौराहामा गएकी थिइन् । त्यहाँ उनीसहित छ जनाले माटो खन्ने क्रममा विष्णु र सोही ठाउँकै ५४ बर्षिया हुमकला राना घाइते भएका थिए ।

जसमा उपचारको क्रममा गुल्मी अस्पतालले ४ः४० मा विष्णुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा