spot_imgspot_img

औषधी व्यवसायी संघको नवैँ साधारण सभा सम्पन्न

गुल्मी, २९ वैशाख ।
नेपाल औषधी व्यवसायी संघ, गुल्मी जिल्ला शाखाको नवौँ साधारण सभा सम्पन्न भएको छ । सदरमुकाम तम्घास साखिनेडाडाँ स्थित शनिबार संस्थाको आफ्नै कार्यालयमा सम्पन्न साधारण सभामा संस्थाका गुल्मी शाखा अध्यक्ष फर्सुराम पाण्डेको अध्यक्षता तथा संस्थाका केन्द्रीय समिति उपाध्यक्ष रामप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, निर्वतमान अध्यक्ष, विभिन्न जिल्लाका अध्यक्ष एवं प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकै अवसरमा संस्थाले जिल्लाका चारजना ज्येष्ठ औषधी व्यवसायीलाई सम्मान गरेको छ । जसमा धुर्कोट गाउँपालिका –४ जैसिथोकका चिरञ्जिवी भण्डारी, सत्यवती गाउँपालिका–६ का पूर्ण बहादुर राना, रुरुक्षेत्र गाउँपालिका–१ का देव बहादुर बुढाथोकी र इस्मा गाउँपालिका–२ का गोविन्दभक्त पौडेल रहेका छन् ।

उनीहरुलाई दोसल्ला एवं सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रम औषधी व्यवसायी संघ गुल्मीका बरिष्ठ उपाध्यक्ष पार्वता थापाको स्वागत मन्तव्य तथा महासचिव श्रीकृष्ण भट्राईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा