spot_imgspot_img

शैक्षिक गुणस्तर बृद्धि गर्न मासिक परीक्षा

गुल्मी, ३० वैशाख । विद्यालयले त्रैमासिक, अर्धबार्षिक र बार्षिक परीक्षा लिएको त हामीले सुनेकै र देखेकै छौ । त्यो भन्दा बाहेक सामुदायिक विद्यालयले बार्षिक परीक्षा आउनुभन्दा अगाडी छिट्टफुट्ट रुपमा आन्तरिक परीक्षा लिएको पनि पाइन्छ । तर गुल्मीको एक विद्यालयले विद्यालयको बार्षिक नजिता सुधार गर्न मासिक रुपमा परीक्षा लिने नीति अपनाएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–२ मा रहेको पालुखा माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न चालु शैक्षिक सत्रबाट मासिक रुपमा परीक्षा लिने नीति अपनाएको हो । यस शैक्षिक सत्रको वैशाख महिनामा लिइएको मासिक परीक्षाको परीक्षाफल विद्यालयले आइतबार अभिभावक भेला कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ । ‘अघिल्लो बर्षमा त्रैमासिक, अर्धबार्षिक र बार्षिक परीक्षाअघि मात्रै हामीले आन्तरिक परीक्षा गराउथ्यौ ।’ सहायक प्रधानाध्यापक भुपाल चन्द्र केसीले भने, ‘यो बर्षबाट विद्यालयका केही शैक्षिक नीतिहरु परिवर्तन गरेका छौँ ।’

विद्यालयले महिनाको अन्तिम हप्ता परीक्षा गराउने, मसान्तको अघिल्लो दिन अभिभावक भेला गरी नजिता सार्वजनिक गर्ने र मसान्तको दिन शिक्षक स्टाफको बैठक बसेर मासिक समिक्षा गर्ने नीति लिएको छ । अभिभावक भेलाको दिन विद्यार्थीहरुले सेल, रोटी, झिलिङ्गा, फिनी लगायतका परिकार समेत बनाएर बिक्री गर्ने प्रधानाध्यापक बाबुराम खत्रीले बताए ।

प्रधानाध्यापक खत्रीका अनुसार गत शैक्षिक सत्रमा कक्षा ८ मा अध्ययन गर्ने ३२ मध्ये २८ विद्यार्थी उत्तीर्ण भएका थिए । पालुखा माविमा बालकक्षादेखि १२ सम्म तीन सय ६८ विद्यार्थी हरेका छन् । कक्षा ११ र १२ मा शिक्षा संकायअन्तरगत गणित, अंग्रेजी, अर्थशास्त्र र नेपाली बिषय अध्यापन हुन्छन् । अहिले सदरमुकाम तम्घासबाट विद्यार्थी लिन बसहरु गाउँसम्म पुग्दा आफुहरुको विद्यालयमा विद्यार्थी संख्या घटेको खत्रीको भनाई छ । ‘सदरमुकाम तम्घासबाट गाउँ–गाउँसम्म बस सेवा संचालन हुन थालेपछि हामीलाई समेत चुनौति थपिएको छ ।’ प्रधानाध्यापक बाबुराम खत्रीले भने, ‘पहिले हामीले शैक्षिक गुणस्तर सुधार गर्न लाग्छौ भनेर प्रतिज्ञा गरेका छौ ।’

विद्यालयले केही दिन पहिले तीन दिनसम्म शिक्षक, अभिभावक, व्यवस्थापन समिति र विद्यार्थीहरुलाई लक्षित गर्दै उत्प्रेरणा तालिम समेत संचालन गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले शैक्षिक गुणस्तरका लागि विद्यालयले देखाएको सक्रियताको प्रशंसा गर्दा आगामी दिनमा विद्यालयको गुणस्तर सुध्रनेमा विश्वास व्यक्त गरे ।

त्यसका साथै उनले अभिभावकलाई आफ्नो बच्चाको स्थिति जानकारी लिन हप्तामा एकपटक विद्यालय आउन र घरमा पनि पढे–नपढेको हेरचाह गर्न आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा