गुल्मी, ०५ वैशाख ।
गुल्मीको धुर्काेट गाउँपालिका–०४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयका अभिभावकहरूलाई सचेतना तालिम प्रदान गरिएको छ । रेसुङ्गा सूचना केन्द्रको आयोजना तथा धुर्काेट गाउँपालिका ०४ नम्बर वडा कार्यालयको सहयोगमा शनिबार तालिम सम्पन्न भएको हो ।
तालिममा असल बानी विकास गर्ने तरिका, अभिभावकले विद्यार्थीहरुलाई गर्ने व्यवहार, घरमा विद्यार्थीहरूलाई गर्ने व्यवहार, विद्यार्र्थीका लागि मोबाइल फोनको उपयोगीता लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो । तालिममा नरेश भण्डारी, कृष्ण प्रसाद भण्डारी र विष्णु कडेंलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार गर्नको लागि जनप्रतिनिधि, विद्यालय र विद्यार्थी मात्र नभएर अभिभावकलाई पनि जिम्मेवार बनाउने उदेश्यले सचेतना तालिम संचालन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल कुँवरले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शैक्षिक गुणस्तर बृद्विका लागि सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता गिरी, सामाजिक विकास समिति संयोजक चेतमान कुँवर, वडा नम्बर ४ का वडाध्यक्ष विरेन्द्र कुँवर र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल कुँवरले मन्तव्य राखेका थिए ।
कार्यक्रममा धुर्काेट गाउँकार्यपालिका सदस्य गमिता सार्की, वडासदस्य चुरा बहादुर थापा, माधव पोख्रेल, गाउँ शिक्षा समिति सदस्य बसुन्धरा भण्डारी, देविस्थान प्राविका व्यवस्थापन समिति अध्यक्ष राजन पोखरेल, पत्रकार बासुदेव पोखरेल, पाञ्चायन माविका व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोजेन्द्र थापा, लुम बहादुर घम लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम रेसुङ्गा सूचना केन्द्रका अध्यक्ष हुमाकान्त पोखरेलको अध्यक्षता, पाञ्चायन माविका प्रधानाध्यापक चेतनारायण मरासिनीको स्वागत मन्तव्य तथा वडा सचिव अशोक खनालको संचालनमा सम्पन्न भएको थियो ।