spot_imgspot_img

अनेरास्ववियु (क्रान्तिकारी) द्वारा रक्तदान कार्यक्रमकाे आयाेजना

गुल्मी, १९ फागुन । नेकपा माअाेवादी केन्द्रनिकट विध्यार्थीहरूकाे संगठन अनेरास्ववियु (क्रान्तिकारी) श्रृङ्गीश्वर बहुमुखी क्याम्पस इकाई कमिटीले बृहत् रक्तदान कार्यक्रमकाे आयाेजना गरेको छ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकाे स्मृतिमा अखिल क्रान्तिकारीले रक्तदान कार्यक्रमकाे आयाेजना गरेको संगठनका रूरूक्षेत्र गाउँकमिटी अध्यक्ष विशाल थापाले बताए । कार्यक्रम शनिबार बिहान १० बजेबाट श्रृङ्गीश्वर बहुमुखी क्याम्पसमा संचालन गरिनेछ । कार्यक्रमकाे प्राविधिक सहयाेग लुम्बिनी मेडिकल कलेज पाल्पाले गरेकाे संगठनका जिल्ला सचिव किसन पाण्डेले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

ताजा