प्रियंका पन्थी
देशको अवस्था बारे बडो चासो राख्छे उ,तर आफ्ना विचारले परिस्थिति बदल्न सक्दिन।
उसले विद्यालय र विश्वविद्यालयका परीक्षा पास गर्न,घोकेको कुराले व्यहबारिकता सिकाउँदैन।
मसाल बोकेर उ जुलुसमा निस्कन्छे,तर भरे ग्याँँस बाल्न उसलाई हम्मे हम्मे छ।
केवल विरोध गरी घाँटी सुकाउँछे उ,किनकि ऊ बाध्य छे।
ऐन.वो.सी पत्र लिन उ घण्टौं लाइनमा बस्छे,तर कर तिर्न बसेको लाइनमा धेरै बेर टिक्न सक्दिन।
केवल सर्टिफिकेटका लागि पढेकी उसलाई, मस्तिष्कले यो कुरा बुझाउनै सक्दैन।
मेरो देश खत्तम यसले मेरा लागि के नै गर्यो र भन्छे उ ,तर आफूले के गरें भनेर सोच्न उसलाई हम्मे हम्मे छ।
केवल विरोध गरी घाँटी सुकाउँछे उ,किनकि ऊ बाध्य छे।
अनजान व्यक्तिको चाकडी गर्न सक्छे उ,घरमा बुढा बा आमा बिरामी पर्दा पनि केही गर्न सक्दिन।
सर्टिफिकेट भरिभराउ देखाउने अंक र राम्रो जागीरका निम्ति दौडेकी उसलाई, गरहुङ्गो पुस्तकले नैतिक आचरण सिकाउनै सक्दैन।
स्वार्थका निम्ति सम्बन्ध स्थापना गरेकी छैन भन्छे,तर कोही आपतमा पर्दा उसलाई सहयोग गर्न हम्मे हम्मे छ।
केवल विलौना गरी घाँटी सुकाउँछे उ,किनकि ऊ बाध्य छे।
अनिश्चित भविष्यका निम्ति मरी मेटी मेहेनत गर्न सक्छे तर यथार्थ वर्तमानमा रमाउन सक्दीन।
धन र शक्ति भए सबै सम्भव छ भन्ने विचार बोकेकी उ,वास्तविक खुसी के कुरामा अडिएको छ भनी बुझ्नै सक्दिन।
तनाव नबोकी खुसी हुन सिक्न पर्छ भन्छे उ,तर अरूलाई खुसी बनाउन परै जाओस् आफू नै खुसी हुन हम्मे हम्मे छ।
केवल विलौना गरी घाँटी सुकाउँछे उ,किनकि ऊ बाध्य छे।
यी सबै कुराहरू सँग उ परिचित छे,तर यही कुरा अरूलाई बुझाउन सक्दिन।
एक न एक दिन उ लगायत सवैले यी कुरा बुझ्नेछन् भन्ने झिनो आशा बोकेकी उ,चाहेर पनि अहिले केही गर्नै सक्दिन।
आफ्ना विचार अरुसामु खुलेर राख्नुपर्छ भन्ने उ,तर आफू बाहेक दोस्रो व्यक्तिलाई आफ्नो मनोभाव बुझाउन हम्मे हम्मे छ।
केवल शब्द रचना गरी कलमको मसी सुकाउँछे ऊ,किनकि ऊ बाध्य छे।