अनेरास्ववियू (क्रान्तिकारी)द्धारा ५० युनिट रगत संकलन

गुल्मी, २० फागुन ।
जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतीमा अनेरास्ववियू (क्रान्तिकारी) श्रृङ्गिश्वर बहुमुखी क्याम्पस, रुरुक्षेत्र गाउँपालिका –४ रानिबासमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पाको प्राविधिक सहयोगमा शनिबार सम्पन्न कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । संकलन भएको रगत पाल्पास्थित प्रभास अस्पतालमा लगिएको छ । रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका नेता यदु ज्ञवालीले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले विद्यार्थीहरुले रक्तदान जस्तो सिर्जनात्मक कार्य गरेर सिङ्गो समाजलाई पाठ सिकाएको बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र, गुल्मीका सचिव अशोक थापा, अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज भरत चन्द, माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य रामलाल विक, वाइसिएल जिल्ला अध्यक्ष अशोक श्रेष्ठ, अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला अध्यक्ष राजन केसी, उपाध्यक्ष बालेन श्रेष्ठ, सचिव किसन पाण्डे, क्याम्पस प्रमुख शोभाखर पन्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अनेरास्ववियू (क्रान्तिकारी) श्रृङ्गिश्वर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष अनिष गहतराजको अध्यक्षता तथा संगठनका रुरुक्षेत्र गाउँकमिटी अध्यक्ष विशाल थापाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ताजा